Saturday, May 30, 2015

.सम्झनामा भाषाविद कुटनितीज्ञ निरन्जन भट्टराई


दरवारमा आउने विविध भाषामा लेखिएका पत्रको अनुवाद गर्नुपर्ने भएकोले निरञ्जन भट्टराईजीलाई र राजा महेन्द्रलाई भाषा पाठशालाको आवश्यकता वोध भएको रहेछ ।
सार्क सचिवालयको स्थापना नेपाल कि बङ्गलादेश सैनिक शासक जनरल जीयाउल हकसँगको निकट सम्बन्धका कारण पाकिस्तानले ढाकामा हैन काठमाडौमा ठीक छ भनेर नेपाललाई साथ दिएकोले झण्डै ढाका पुगि सकेको सार्क सचिवालय काठमाडौमा बस्ने निर्णय भएछ । पाकिस्तानमा रहेका दक्षिण एशियाली राजदूतहरुले मासिक आलो पालो भेटघाट डिनर गर्ने गरेका रहेछन् । एक पटकको बैठकको बेलामा बङगलादेशका राजदूतले निरञ्जन भट्टराईजीको जनरल जियाउल हक सँगको निकट सम्बन्धका कारण सार्क सचिवालय नेपालमा जाने सुनेपछि उनले नेपाली राजदूतसँग बोलचाल नै बन्द गरेछन् ।
इतिहासको ज्ञान सबैलाई आवश्यक छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको त्रिदेवीमार्गमा अवस्थित आठ देशका झण्डा फहराएको भवनको बारेमा जान्न ।
नेपालका, कुटनीतिज्ञ परराष्ट्र मन्त्री, जर्नेल पदमबहादुर खत्रीजीको घरको भित्तामा टाँगिएको क्यानभास ‘थान्का’ शैलीको कपडामा छापिएको शीर्षकमा चिनियाँ भाषामा लेखिएको ठूलो तस्वीर र दोभाषे निरञ्जन भट्टराईको वैठक कोठाको कागजमा भएको उस्तै तर सानो फ्रेमको फोटो नेपाल चीन सम्बन्धको बारेमा जानकारी राख्नेका लागि ऐतिहासिक महत्वको छ । त्यसैले होला उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलमा धेरै जसो सदस्य नेपाल भ्रमण आएको बखतमा स्व. निरंजन भट्टराईको घर पुग्ने गर्दा रहेछन् । तात्कालीन चीनका महत्वपूर्ण नेता माओत्सेतुङ, लि–स्यानसँगको तस्वीर देखेर दंग पर्ने रहेछन् । व्यक्तिप्रतिको निकटता पनि राष्ट्रप्रतिको निकटता हुँदो रहेछ, जसरी आधुनिक नेपालको भूगोललाई अन्तिम बृद्धि गर्दा जंगबहादुर राणाको वेलायत यात्रा ताका की प्रियसि ‘ड्युक पुत्री लाउरा वेल’लाई उपहार दिएको हिराको औठीले, पुनः पत्रसाथ जंगवहादुर कहाँ पठाए पछि, भारतको सिपाहि विद्रोहमा गोर्खा सैनिक र नेपाली सेनाले पूर्ण रुपमा व्रिटिसलाई साथ दिएकोले ‘ब्रिटिस साम्राज्य करीब १०० वर्ष पुनः भारतमा बस्न पाएछ । नेपालले नयाँ मुलुक (सुगौली सन्धिमा गुमाएको मध्ये केही भाग) वाँके, बर्दिया, कैलाली र कञ्चनपुर उपहार पाएछ । नेपालकै कुटनीतिक र राजनीतिक इतिहाँसमा व्यक्तिगत अन्तरङ्ग सम्बन्धको ठूलै महत्व छ ।
स्वर्गिय निरंजन भट्टराईका छोरा अनुपरञ्जन भट्टराईको तीनपुस्ते चिनियाँ मोह र भ्रातृत्व, पारिवारिक सम्बन्धका पछाडि चिनियाँ भाषाको ज्ञानको ठूलै महत्व छ । हाल वहाँका नातिहरु पनि चीनमै शिक्षा पाइरकेकै छन् । छोरा अनुपरञ्जन नेपाल चीन सम्बन्धमा अनौपचारिक दूतको रुपमा रहेका छन् ।
चाहे लुम्बिनीमा अफ सिजनमा आउने हालको चिनियाँ पर्यटकको झुण्ड होस कि पोखरा काठमाडौमा आउने समुहगत पर्यटकको नेपाल आगमन र भ्रमण सम्भव हुँदैनथ्यो । नेपालमा चिनियाँ भाषा थोरै मात्र भएपनि बोल्ने दोभाषे उपलब्ध नभएमा । विश्वमा धेरै खर्च गर्ने पर्यटक भनि केहि महिना अघि लण्डनको मलमा सामान खरीद गर्ने चिनियाँ पर्यटकको फोटो टायम्स म्यागेजिनमा छापिएको थियो । चीन आर्थिक शक्तिमा दोश्रो शक्तिको रुपमा उदय भएपछि चिनियाँ भाषाको महत्व पनि बढ्दै गएको छ । त्यसैले होला हालका दिनमा आएर फ्रेन्च वा स्पेनिस भाषाको ज्ञान खोज्ने अमेरिकी विश्व विद्यालयहरुले अंग्रेजी पछि चिनियाँ भाषाको ज्ञान भएकालाई अमेरिकामा पढ्न (भर्नागर्न) प्रोत्साहन दिने गरेका छन् । यो कुराको पूर्व जानकारी भाषिक कुटनीतिज्ञ निरञ्जन भट्टराईले साठीकै दशकमा बुझि सकेका रहेछन् । चीनले आफ्ना पर्यटकको लागि नेपाललाई १७ औं गन्तव्य घोषणा गरेपछि नेपालमा आउने पर्यटकको सङ्ख्यामा व्यापक वृद्धि भइ गत वर्ष २०१२ मा ? जना पुगि सकेका छन् । त्यसका साथै विश्वभाषामा चिनियाँ भाषा पढ्न आउने विद्यार्थी सङ्ख्या पनि बढ्ने नै भयो । चीनले विश्व भाषा वाहेक पनि काठमाण्डौ विश्व विद्यालयमा कन्फ्युसियस स्टडीजमा पनि चिनियाँ भाषा संस्कृति, इतिहास सिकाउन मद्दत गरेको छ । साथै युनिभर्सल ल्याङ्ग्वेज इन्टिच्युटमा पनि चिनियाँ भाषा शिक्षक पठाई नेपालमा चिनियाँ भाषा पठनपाठनमा सरकारी र निजी तवरमा पनि मद्दत गर्दै आएको छ । चीनसँग पूँजी छ, ताकत छ, सभ्यता छ, विश्व शक्ति हुने चाहना छ, नेपाल उसको परंपरागत मित्र राष्ट्र हो अरनिको देखि राजा महेन्द्र, वी.पी. कोइराला, राजा विरेन्द्र, कीर्तिनिधि विष्ट, हुँदै गिरिजा र प्रचण्डसम्मका औपचारिक अनौपचारिक भ्रमणमा भाषिक महत्व अवश्य हुन्छ । त्यसैले होला पंचायत कालमा त चीनको वारेमा काम पर्दा भाषिक कुटनीतिज्ञको रुपमा निरंजन भट्टराई र बासुदेव तुफान लाई नेपाल सरकारले उत्प्रेरित गरी प्रबर्धन गरेको थियो ।
तर लोकतन्त्र र गणतन्त्रसँगै नेपालको सरकारको ध्यान भाषिक कुटनीतिज्ञको आवश्यकता समेत नखोज्ने वा त्यस विषयमा ध्यान नदिने अवस्थामा रहेको छ । भाषा संवादको माध्यम मात्रै हैन, भाषाले संस्कृति, सभ्यता, रहन सहन, चालचलन धेरै कुराको ज्ञान गराउँछ । त्यसैले होला जापान फाउण्डेसनले कान्साइमा रहेको सुन्दर भवनमा आफ्नो मित्र राष्ट्रका विदेश मंत्रालयका युवा अधिकारीलाई केहि महिनाको जापानी भाषा ज्ञान दिने रहेछ । भाषाको माध्यमबाट मानवीय सान्निध्यता हुन्छ, नेपालमा काम गर्ने अमेरिकी कुटनीतिज्ञले नेपाली भाषाको निश्चित स्तर उतीर्ण गरेको छ भने उसको भत्तामा वृद्धि हुन्छ र उसको काम गर्ने शैलीमा भाषाले सरल बनाई दिन्छ ।
भाषाले जनस्तरको सम्बन्ध स्थापना गर्न तथा गोप्य ज्ञान हासिल गर्न पनि मद्दत गर्छ । जुन एक कुटनीतिज्ञको लागि अनिवार्य कुरो हो । दोभाषेको मात्र भरपर्दा कतिपय वास्तविकतासँग परिचय नहुन सक्छ ।
भाषाको कुटनीतिमा महत्वः
खानपानको सामिप्यता कुटनैतिक निकटताः
उडनेमा चीलगाडी र हिडनेमा मोटर गाडी वाहेक सबै खान्छु ।
दोभासेको रूपमा चीन यात्रा माओत्सेतुङ सँगको निकटता,
भाषिक शिक्षामा विशिष्ट योगदान

विश्वभाषा क्याम्पसका संस्थापक निरंजन भट्टराई र १९९९ देखि २००३ सम्मको क्याम्पस प्रमुख हुँदा मेरो विशेष सम्बन्ध थियो । वहाँसँग प्रथम भेट भने नेपाली राजदूतावास इस्लामावादमा सन् १९८५ को जनवरी दोश्रो हप्ता भएको हो । त्यहाँपनि वहाँले एक नेपाली राजदूतले दर्शाउनु भएको प्रेम, सद्भाव सहयोगी भावना कुटनीतिक मर्यादाभित्र पर्दैन ? महान आत्माको रुपमा वहाँले ५।६ कोठे, र ४ जना स्टाफ मात्र भएको तत्कालिन शाही नेपालीराज दूतावासमा ५० जना विद्यार्थी र प्राध्यापकलाई ७।८ दिन सम्म सुत्ने व्यवस्था मात्र मिलाउनु भएन कि जनरल सैनिक शासक ‘जियाउल हक’ राष्ट्रपतिको अतिथिको रुपमा इस्लामावादको पाँचतारे होटल ‘होलिडे इन’मा डिनर होस्ट गरेर हामी र काइदे आजम विश्व विद्यालयका विद्यार्थीलाई भेटघाट, भलाकुसारीको अवसर प्रदान गर्नुभयो । ‘स्ट्राटिजिक स्टडीज्’ सेन्टरमा टक प्रोगाम अनि पाकिस्तान टेलिभिजनमा वाइस मिनेटको नेपाली सांस्कृतिक कार्यक्रम गरेर हाम्रो टोलिले नेपाललाई दक्षिण एशियाको पाकिस्तानमा चिनाउने काम गरेको थियो । भारतवर्षको प्राचीन विश्व विद्यालयको बुद्धिष्ठ संग्राहलय तक्ष्यशिलाको अवलोकन पनि भट्टराईजी कै गाइडेन्समा भएको थियो । जहाँ विदाको दिनमा प्रवेश शुल्क नलिएर हामीलाई अवलोकनको अवसर मिलाइएको थियो ।
धेरै जसो नेपाली मासु खान्छन् । मासुमा  पनि जात र थर अनुसार जिब्रोको स्वाद र मनको सन्तुष्टि हुँदो होला । बँदेल स्वाद मानेर खाने – सुँगुर, वगुर नखाने, कालिज खाने कुखुरा नखाने, खसी खाने, बाख्री नखाने, थार खाने भैसी या पाडो नखाने धेरै चलन छन् । गाई खाने त नेपालमा कसममा मात्र खाइन्छ ।
दक्षिण एशियाली अध्ययन भ्रमणताका जब हामीले जनवरी ५, १९८५ मा भारत पाक सिमाना वागा वोर्डर पार गर्यौं । ज्यादै जाडो थियो, भोक लागेको थियो खाना खोज्न जाँदा आलु किमा, गोभि किमा, दाल किमा जेमा पनि गाईको मासुको स्वाद पर्ने गरि खाना पाइने रहेछ । किमा भनेको विफ गाईको मासु । अनि त हाम्रा टुरका साथी मध्य केहिले मात्र खाए, धेरैले खाएनन् । पाकिस्तानमा साकाहारी भोजन पाउन मुस्किल रहेछ । इस्लामावाद पुगेपछि खानाको कठीनाईको वारेमा राजदूत भट्टराईसँग कुरा ग¥यौ । हाम्रो सोध्ने आसय शाकाहारी भोजनालय कहाँ पाइन्छ होला भन्ने थियो । साथै खसीको मासु वा कुखुराकै मासु भए पनि हुन्थ्यो भन्ने आसयले हामीले राजदूतसावलाई सोधेका थियौं । वहाँले त झट्ट भन्नु भयो म त उड्नेमा चिलगाडी र हिड्नेमा मोटर गाडी वाहेक जे पनि खान्छु । सायद त्यो वानीले पनि वहाँलाई निकट मित्र पायो होला चीनले नेपाली छात्रा, छात्रको शैक्षिक भ्रमणमा शाही नेपाली राजदूत निरंजन भट्टराईको आतिथ्य ‘नभूतो नभविष्यति’ सायद त्यसभन्दा पहिले र त्यसपछि पनि त्यत्तिकै मीठो आतिथ्य भएन होला र पछि पनि हुनेछैन । एकदिन त राजदूतज्यूले आफ्नै निवासमा दालभात, तरकारी खसीको मासु अचार पकाउन लगाएर हामीलाई दिवा भोज दिनुभयो । आफ्नै नेपाली खानाको त्यो इस्लामावादको स्वादले सबै जना गद्गद् भएका थियौं ।
यति ठूलो जमातमा ४८ जना विद्यार्थी र २ जना प्राध्यापकको करीव दुई महिना लामो क्षेत्रीय भ्रमण । सानो दुतावासले दिएको वास र व्यवहार हाल सम्म भएको अद्धितीय भ्रमण र व्यवहार रह्यो । २८ डिसेम्बर १९८४ देखि १८ फरवरि १९८५ सम्मको नेपाल, भारत, पाकिस्तान तथा बंगलादेशको भ्रमणको अवधिको चीरस्मरण पाकिस्तानको आतिथ्य थियो ।

धनप्रसाद पण्डित
सह–प्राध्यापक
पद्मकन्या क्याम्पस








0 comments: