गत जुलाईमा म जापानको योकोहामा शहरमा आयोजित विश्व समाजशास्त्रीको अठारौं सम्मेलनमा पुगेको थिएँ । त्यो सम्मेलनमा योकोहामा शहरका मेयरले आफ्नो सम्बोधनमा भनेका थिए, कोवेमा आएको भूकम्प र त्यसपछिको सुनामिका कारण क्षतविक्षत फुकुसिमा आणविक भट्टीको विस्फोटपछि चुहिएको रेडियो धर्मिताका कारण जापान छोड्नेको लर्को लाग्यो । कतिपय विदेशी कामदार आफ्नो देश फर्किए । सन् २०१२ पछि जापानमा पहिलो यतिठूलो अन्तराष्ट्रिय सम्मेलन भएको थिएन । ६००० भन्दा बढी १२५ देशका प्रतिनिधिहरुलाई जापानमा स्वागत छ । यसले जापान आउन अन्य पर्यटकलाई पनि अभिप्रेरित गर्नेछ भनेका थिए उनले ।
नेपालले त दुई महिनामै अन्तराष्ट्रिय दाता सम्मेलन गरेर नेपाल असुरक्षित छैन आवागमन र बसोबासको लागि पुनः तयार भइसक्यो भन्ने यथार्थ विश्वसामु देखाउन यो बैठक काठमाडौंमा नै आयोजना गरेको हो । कतिपय हाम्रा मित्रराष्ट्रले भूकम्पको पराकम्पन, क्षतविक्षत काठमाडौं भएको कारण उनीहरुकै अग्रसरतामा टोकियो, युरोप अथवा बैंकक तिरै भएपनि दाता समूहको बैठक गर्ने प्रस्ताव समेत गरेका थिए ।
0 comments: