राजनीतिको मूल उद्देश्य असल राज्य संचालन गरि मानव कल्याण गर्ने हो । चाहे प्राचीन कालका मनु, कौटिल्य, कन्फ्यूसियसको विचार होस् । चाहे राजनीति शास्त्रका पिता भनि चिनिएका ल्पेटोको आदर्श राज्यको परिकल्पना किन नहोस् । उनको आदर्शराज्य संचालन गर्न एक अध्यता, योगी पुरुष हुनुपर्छ भने अर्थात् नेपालको नेताहरुमध्ये परिवार र सम्पत्ति नभएको, शास्त्रको ज्ञान भएको ५५ वर्षभन्दा बढी अध्ययन मनन् गरि सकेको र राष्ट्रभरिका जनतालाई सम्मान व्यवहार गर्न सक्ने ? परन्तु यहाँ किशुनजी पनि आदर्श राजा बन्न सकेनन् एरिष्टोटल देखि मेक्यावली सम्म । हब्स, लक, रुसो जस्ता राज्यको निर्माण आपसि सम्झौता बाटै भएको हो भनि लेख्नेहरुले पनि “बहुजन, हिताय, बहुजन, सुखाय“ को लागि राज्य निर्माण भएको भनि स्वीकारेका छन् । कार्ल माक्र्सको राज्य विहिन समाजको उच्चतम परिकल्पनामा पनि सबैको सुखको खोजीको उद्देश्य छ । महात्मा गान्धीले “ग्राम राज्य“ भन्दा पनि राम राज्यको सोच अघि सारेका थिए ।
पश्चिमि समाजवादी, समतामूलक, बर्तमान राज्य व्यवस्था भएका मुलुकको श्रेणीमा देखिने स्वीडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क जस्ता राज्यको पनि परम उद्देश्य जनहित नै हो । कहिले काही प्रजातन्त्र बिग्रन्छ, यो हुलतन्त्र भएपछि जनताले राजा रुचाउँछन् भनि लेख्ने अरिष्टोटलले त “चक्रा र पंक्ति रिव गच्छति भाग्य पंक्ति” । जस्तै कुनैपनि राजनीतिक व्यवस्था सधै सबैको सन्तुष्तिको विषय हुन सक्दैन भनेका छन् । त्यसैले त विश्वमा रहेका २१२ वटा राष्ट्रमध्ये १९७ संयक्त राष्ट्र संघका सदस्य राष्ट्र छन् । अन्य सदस्य नभएका राष्ट्र छन् । सदस्यताबाट निकालिएका पनि छन् । तिनीहरुको राज्य व्यवस्था सत् प्रतिशत समान कहि कतै छैन ।
वाईसे, चौविसे, मल्ल, डोय र खस राज्यको इतिहास बोकेका हामी नेपाली पुनः त्यहि बाटोमा जादैछैनौँ ? जवकि हाम्रा उत्तरी छिमेकी विशाल चीन “एक चीन”नीतिमा अडिक छ । त्यसै अनुरुप आफ्नो नीति चलाउदै छ । उसले एक राज्य दुई व्यवस्था समेत स्वीकारेको छ । जुन विश्वमै नौलो प्रयोग पनि हो । उसको त्यो प्रयोग पनि वहुजन हिताय नै हो ।

0 comments: