Friday, August 10, 2018

उदाउँदो चीन र भारत अस्ताउँदो पश्चिम


२०७२ बैशाख १२ गतेको नेपालमा आएको महाभूकम्पले विश्व अर्थतन्त्रमा देखिएको परिवर्तनलाई झल्काउन पुगेको छ । महाभूकम्प र त्यसपछिको पराकम्पनले नेपालले ठूलै क्षति खप्नुप¥यो । विक्रम सम्वत् १९९० को भूकम्पपछि राजधानी काठमाडौं र सेरोफेरोले महाप्रलय जस्तै कठिनतम अवस्थाबाट गुज्रिनुप¥यो । सरकारी, नीजि सबै पक्षको खर्बौको क्षति भयो । नेपाल सरकारले हालसम्म गरेको आँकलन अनुसार ६ खर्ब ६७ अर्बको क्षति हुन पुगेको छ । यथार्थमा त्यो अनुमानित क्षति भन्दा जम्मा जम्मी वास्तविक क्षति अझै बढि पनि हुन सक्छ । क्षतिको सन्देश, क्षति पछिको राष्ट्रिय एकता अड्किरहेको संविधान निर्माण प्रकृयाले लिएको गति केहि आशालाग्दा यथार्थ हुन् । नेपालीहरु लडेर बस्ने मात्र होइनन् उनीहरु वीर हुन् बहादुर पनि हुन् कष्ट सहन सक्छन् भन्ने यथार्थ विश्वसामु देखाप¥यो । महल, दरबार, घरबार झुपडीमा बास बस्ने जनसमुदाय एकै स्थानमा पालमुनि बस्न बाध्य भएको यथार्थ भूकम्पले नै ल्याइदियो । सितायन लेख्ने विद्वान रमेश चन्द्र अधिकारीले पनि २ करोडको घर भत्काउनु परेछ । भत्काउनमात्रै पनि थप तीनलाखा रकम तिर्नु परेछ । भूकम्पले थिलथिल पारेको भवन नष्ट गर्न । आजै यो सुनेर संस्कृत विश्वविद्यालयबाट पहिलो पी.एच.डी. प्राप्त गरेका प्रा.डा. रमेश चन्द्र अधिकारीको नयाँ पुस्तक दाम्पत्य हेर्दा मलाई लाग्यो एक त्रि.वि. को प्राध्यापकले गुमाएको २ करोड बराबराको सम्पत्ति यो उहाँको जीवनकै सबैभन्दा ठूलो उपलब्धि थियो होला । त्यस्ता नीजि भवन, महल, घर हजारौं सखाप परे यो वर्षको महाभूकम्पमा ।
सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, गोर्खा, धादिङ्ग, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौं लगायत १४ जिल्ला महाभूकम्पको महाविनाशमा तहसनहस भए । विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाका पर्यटक तान्ने प्राचीन सम्पन्नता झल्काउने सम्पदा समेत खरानीमा परिणत भए । विश्वमा युद्धको बेला वा प्राकृतिक विपत्तिको बेलामा शक्तिको परिक्षण हुन्छ । युरोपबाट प्रथम र दोश्रो विश्वयुद्ध नभएको भए उडरो विल्सन र रुजबेल्टले अग्रसरता देखाई अमेरिकालाई विश्वशक्तिको रुपमा परिचित गराउने अवसर प्राप्त गर्ने थिएनन् ।
एक्काइसौं शताब्दी एसियाको शताब्दीको रुपमा उदीयमान हुँदैछ । त्यसको नेतृत्व चीन र भारतले लिँदैछन् भन्ने सन्देश आएको छ । नेपालमा आएको महाभूकम्प पछि राहत र पुर्ननिर्माणमा आएका भारतीय, भुटानी, चीनियाँ र बांग्लादेशी ट्रकले एसिया सेल्फ हेल्पको लागि तैयार छ भन्ने देखायो । एकसय भन्दा बढी राहतका हवाइजहाज काठमाडौंमा उतारेर चीनले असल मित्रको सन्देश दिएको हो । तातोपानीको अवरुद्ध सडकलाई आंशिक खोल्नु पनि हाम्रो लागि भयंकर चुनौती थियो । जसलाई चीनीयाँ पक्षले बखुबी पूरा गरिदियो । भारतीय पक्षले नेपालमा महाभूकम्प गएको ६ घण्टामा पठाएका हेलिक्याप्टर सहितका उद्धार टोली पठाएर घनिष्ठतम मित्रको प्रथम र सबैभन्दा दरिलो सन्देश दिएको थियो । त्यो पनि प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत सदासयताले पनि काम गरेको हो । भारतमा भारतीय राष्ट्रिय कांग्रेस हुनुभन्दा भाजपा सत्तामा हुनु नेपाल जस्ता मित्रको लागि सौभाग्यको अवसर हुन पुग्यो । मोदीको दोश्रो वैदेशिक भ्रमणको बेलामा नेपाली जनताको मनमा बस्न सक्नु लामो समयदेखि खटपट र शंकामा रहेको सम्बन्धलाई विश्वासको वातावरणमा ढालेको हो । जापान, चीन, अमेरिकाको औपचारिक भ्रमणमा पनि नेपालको प्रसंग उठाएर मोदीले नेपाल प्रतिको आत्मीयता दर्शाएका थिए नै ।
भूकम्प गएको करिब दुई महिनामा नेपाल सरकारले दातृ निकाय र शुभेच्छुक संस्था सहितको अन्तर्राष्ट्रिय साझेदारी पुर्ननिर्माण गर्न अर्थ संकलन बैठक ग¥यो । यो बैठकको आफ्नै विशेषता रह्यो । दोश्रो विश्वयुद्ध पछि राजनैतिक, सैनिक, आर्थिक हैसियत पाएका पश्चिमा राष्ट्र अस्ताउँदा शक्तिको रुपमा देखा परे । संयुक्त राष्ट्र संघमा स्थायी सदस्य मध्ये चीन मात्र ठूलो सहयात्रीको रुपमा देखाप¥यो । बाँकी सबै गोरा राष्ट्रहरु नेपालको पुर्ननिर्माणको कार्य गर्ने अन्तर्राष्ट्रिय दातृ निकायको बैठकमा तेश्रो चौथो सहयोगीको रुपमा समेत देखिएनन् । संयुक्त राष्ट्र संघको प्रतिनिधित्व अरु राष्ट्रलाई सहयोग गर भनेर थप आवाज गर्नेमा मात्र देखियो । उसले गरेको आह्वानले छुट्टै महत्व राखेर नेपालको भन्दा बढी जोर दिने अवस्था रहला जस्तो लागेन । यु.एन. त आफ्नै सुविधा बढाउने र जोखिमयुक्त वा खतरनाक भनेर तलब भत्ता, सुविधा वृद्धि गर्दै अन्य दातृ निकायको नेपालको नाममा आउने रकम झ्वाम पार्ने निकायको रुपमा पो देखियो “ए फ्रेण्ड इन् निड इज फ्रेण्ड इनडिड” दुःखमा साथ दिने नै वास्तविक मित्र हो भन्ने सन्देश दियो घनिष्ठतम मुलुक भारत र चीनले । विदेश मन्त्री स्तरको सहभागिता विशेष विमानबाट आगमन एक खर्ब र ७६ अर्ब सहयोग राशीको पुर्ननिर्माणमा वचनबद्धता दिने भारत, चीन र जापानले उदीयमान एशियाको यथार्थ विश्व समक्ष देखायो ।
विश्वका परतन्त्र नभएका १६ राष्ट्र मध्येको एक राष्ट्र नेपाललाई सन् १९७१ मा मात्र स्वतन्त्र भएको बंगलादेश र बुद्धिष्ट राष्ट्र भुटान पनि सहयोग दिने राष्ट्रको रुपमा देखापरे । विडम्बना नै मान्नुपर्छ, दुई सय वर्षको कुटनीतिक इतिहास भएको बेलायत, पुरानै सम्बन्ध भएको फ्रान्स, जर्मन जस्ता युरोपियन राष्ट्रको उल्लेखनीय स्थान रहन सकेन । विश्वको आजका मितिसम्मको एकमात्र महाशक्ति पनि शक्ति क्षीण हुँदै गएको देखियो । आषाढ १० गतेको दातृ सम्मेलनमा । आखिर मर्दा पर्दा, चुल्होको खरानीको लागि समेत आवश्यक पर्ने छिमेकी नै रहेछन् । नेपालका असल मित्र जसको परिक्षण संकटको बेलामा हुन्छ । नेपालमाथि रहेको चार अरब डलरको ऋण बराबर नै पुर्ननिर्माणमा आर्थिक सहायता स्वरुप ४ खर्ब रुपैयाँको जोहोले विश्वमा आएको शक्ति सन्तुलनमा भारत र चीन उदाउँदो ताकतको रुपमा देखा पर्न गएका छन् । एक्काइसौं शताब्दी एशियाली नेतृत्वको शताब्दी हुने संकेत दिएको छ नेपालको महाभूकम्पको विपदा व्यवस्थापन र पुर्ननिर्माणको महायज्ञले ।
नेपालसँग दौत्य सम्बन्धको इतिहास सहयोग रकम
बेलायत सन् १८१५ भारत १ खर्ब
अमेरिका सन् १९४६ चीन ७६ अर्ब
भारत सन् १९४७ जापान २६ अर्ब
फ्रान्स सन् १९४९ जम्मा ः ४ खर्ब ४० अर्ब
चीन जापान सन् १९५४
अन्त्यमा
सहयोग त आउने भो, तर सरकार बलियो, दृढ इच्छाशक्तिको भएन भने फेरि यसै सहयोगले नेपाललाई बिगार्छ । झन् ठूलो विपत्तितर्फ धकेल्छ । हाइटीमा नेपालभन्दा धेरै बढी सहयोग आएको हो तर यसैकारण थप दुर्गतिमा प¥यो । प्रधानमन्त्रीको अध्यक्षतामा पुर्ननिर्माण प्राधिकरण बन्नु निकै राम्रो कुरा हो । विकासे पीएचडी को धक्कु दिँदै डा. बाबुरामले ताकेका थिए, त्यहाँ बसेर विवेकशील विध्वंश गर्ने र आफ्नो क्षीण हँुदै गरेको राजनीतिक स्वार्थ पूरा गर्ने र आफ्नै राजनीतिक पुर्ननिर्माण गर्ने उनको निहित स्वार्थ थियो । जुन नेपाल र नेपालीका लागि अकल्पनीय दुख हुने थियो । प्रधानमन्त्री सुशील कोइरालाले बुद्धि पु¥याएर त्यो बाटोमा धकेलिनबाट देशलाई जोगाए सबै नेपालीले उनलाई धन्यवाद दिनुपर्छ । अब यो सहयोगको सदुपयोग होस् यो काम राहत सामग्री वितरणको धन्दा जस्तो नहोस् भन्नेमा होस पु¥याउनुपर्छ । नत्र यही सहयोगले नेपाल र नेपालीमा रहे भएको आत्मविश्वास र विश्वास पनि समाप्त पार्छ र मुलुक पुरै असफल राष्ट्रको अवस्थामा भासिन पुग्छ । सावधानी पु¥याउनुपर्ने पक्ष यही हो ।

धनप्रसाद पण्डित
सह–प्राध्यापक
राजनीतिशास्त्र

Friday, October 23, 2015

सुशासन

सुशासन

                              

राजनीतिको मूल उद्देश्य असल राज्य संचालन गरि मानव कल्याण गर्ने हो । चाहे प्राचीन कालका मनु, कौटिल्य, कन्फ्यूसियसको विचार होस् । चाहे राजनीति शास्त्रका पिता भनि चिनिएका ल्पेटोको आदर्श राज्यको परिकल्पना किन नहोस् । उनको आदर्शराज्य संचालन गर्न एक अध्यता, योगी पुरुष हुनुपर्छ भने अर्थात् नेपालको नेताहरुमध्ये परिवार र सम्पत्ति नभएको, शास्त्रको ज्ञान भएको ५५ वर्षभन्दा बढी अध्ययन मनन् गरि सकेको र राष्ट्रभरिका जनतालाई सम्मान व्यवहार गर्न सक्ने ? परन्तु यहाँ किशुनजी पनि आदर्श राजा बन्न सकेनन् एरिष्टोटल देखि मेक्यावली सम्म । हब्स, लक, रुसो जस्ता राज्यको निर्माण आपसि सम्झौता बाटै भएको हो भनि लेख्नेहरुले पनि “बहुजन, हिताय, बहुजन, सुखाय“ को लागि राज्य निर्माण भएको भनि स्वीकारेका छन् । कार्ल माक्र्सको राज्य विहिन समाजको उच्चतम परिकल्पनामा पनि सबैको सुखको खोजीको उद्देश्य छ । महात्मा गान्धीले “ग्राम राज्य“ भन्दा पनि राम राज्यको सोच अघि सारेका थिए ।
पश्चिमि समाजवादी, समतामूलक, बर्तमान राज्य व्यवस्था भएका मुलुकको श्रेणीमा देखिने स्वीडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क जस्ता राज्यको पनि परम उद्देश्य जनहित नै हो । कहिले काही प्रजातन्त्र बिग्रन्छ, यो हुलतन्त्र भएपछि जनताले राजा रुचाउँछन् भनि लेख्ने अरिष्टोटलले त “चक्रा र पंक्ति रिव गच्छति भाग्य पंक्ति” । जस्तै कुनैपनि राजनीतिक व्यवस्था सधै सबैको सन्तुष्तिको विषय हुन सक्दैन भनेका छन् । त्यसैले त विश्वमा रहेका २१२ वटा राष्ट्रमध्ये १९७ संयक्त राष्ट्र संघका सदस्य राष्ट्र छन् । अन्य सदस्य नभएका राष्ट्र छन् । सदस्यताबाट निकालिएका पनि छन् । तिनीहरुको राज्य व्यवस्था सत् प्रतिशत समान कहि कतै छैन ।
वाईसे, चौविसे, मल्ल, डोय र खस राज्यको इतिहास बोकेका हामी नेपाली पुनः त्यहि बाटोमा जादैछैनौँ ? जवकि हाम्रा उत्तरी छिमेकी विशाल चीन “एक चीन”नीतिमा अडिक छ । त्यसै अनुरुप आफ्नो नीति चलाउदै छ । उसले एक राज्य दुई व्यवस्था समेत स्वीकारेको छ । जुन विश्वमै नौलो प्रयोग पनि हो । उसको त्यो प्रयोग पनि वहुजन हिताय नै हो ।
राजनीतिको मूल उद्देश्य असल राज्य संचालन गरि मानव कल्याण गर्ने हो । चाहे प्राचीन कालका मनु, कौटिल्य, कन्फ्यूसियसको विचार होस् । चाहे राजनीति शास्त्रका पिता भनि चिनिएका ल्पेटोको आदर्श राज्यको परिकल्पना किन नहोस् । उनको आदर्शराज्य संचालन गर्न एक अध्यता, योगी पुरुष हुनुपर्छ भने अर्थात् नेपालको नेताहरुमध्ये परिवार र सम्पत्ति नभएको, शास्त्रको ज्ञान भएको ५५ वर्षभन्दा बढी अध्ययन मनन् गरि सकेको र राष्ट्रभरिका जनतालाई सम्मान व्यवहार गर्न सक्ने ? परन्तु यहाँ किशुनजी पनि आदर्श राजा बन्न सकेनन् एरिष्टोटल देखि मेक्यावली सम्म । हब्स, लक, रुसो जस्ता राज्यको निर्माण आपसि सम्झौता बाटै भएको हो भनि लेख्नेहरुले पनि “बहुजन, हिताय, बहुजन, सुखाय“ को लागि राज्य निर्माण भएको भनि स्वीकारेका छन् । कार्ल माक्र्सको राज्य विहिन समाजको उच्चतम परिकल्पनामा पनि सबैको सुखको खोजीको उद्देश्य छ । महात्मा गान्धीले “ग्राम राज्य“ भन्दा पनि राम राज्यको सोच अघि सारेका थिए ।
पश्चिमि समाजवादी, समतामूलक, बर्तमान राज्य व्यवस्था भएका मुलुकको श्रेणीमा देखिने स्वीडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क जस्ता राज्यको पनि परम उद्देश्य जनहित नै हो । कहिले काही प्रजातन्त्र बिग्रन्छ, यो हुलतन्त्र भएपछि जनताले राजा रुचाउँछन् भनि लेख्ने अरिष्टोटलले त “चक्रा र पंक्ति रिव गच्छति भाग्य पंक्ति” । जस्तै कुनैपनि राजनीतिक व्यवस्था सधै सबैको सन्तुष्तिको विषय हुन सक्दैन भनेका छन् । त्यसैले त विश्वमा रहेका २१२ वटा राष्ट्रमध्ये १९७ संयक्त राष्ट्र संघका सदस्य राष्ट्र छन् । अन्य सदस्य नभएका राष्ट्र छन् । सदस्यताबाट निकालिएका पनि छन् । तिनीहरुको राज्य व्यवस्था सत् प्रतिशत समान कहि कतै छैन ।
वाईसे, चौविसे, मल्ल, डोय र खस राज्यको इतिहास बोकेका हामी नेपाली पुनः त्यहि बाटोमा जादैछैनौँ ? जवकि हाम्रा उत्तरी छिमेकी विशाल चीन “एक चीन”नीतिमा अडिक छ । त्यसै अनुरुप आफ्नो नीति चलाउदै छ । उसले एक राज्य दुई व्यवस्था समेत स्वीकारेको छ । जुन विश्वमै नौलो प्रयोग पनि हो । उसको त्यो प्रयोग पनि वहुजन हिताय नै हो ।



अन्यौलग्रस्त राजनीति

अन्यौलग्रस्त राजनीति



राजनीति शास्त्रका पिता भनेर आजको विश्वले प्लेटोलाई मानेको छ । वर्तमान विश्व शिक्षामा युरोपको व्यापक प्रभाव हुनु र अमेरिका युरोपियन पुर्खाबाट सञ्चालित भएकोले पनि विश्व व्यवस्था युरोपियन प्रभाव क्षेत्रको रुपमा विकास भएको हो । यसको पछाडि युरोपियन (विशेष गरेर ब्रिटिस शिक्षा पद्धति) को प्रभाव रहेको छ । लामो समय विश्वमा सबै भन्दा ठूलो साम्राज्य चलाएको बेलायती अंग्रेजी शिक्षा पद्धति भएका विश्व विद्यालय नै विश्वका उच्च स्तरका २०० मध्य १४६ विश्व विद्यालय छन् । शिक्षा ज्ञानको भण्डार, अधिकारको श्रोत, मानवीयताको द्योतक र अन्त्यमा संहारको ज्ञान पनि भएको क्षेत्र हो ।
विद्याशास्त्रं च शस्त्रं च द्वे विद्ये प्रतिपत्तय ।
आद्याः हास्याय वृद्धत्वे द्वितीया अदृतो सदा ।।
हाम्रो पूर्वीय पद्धतिमा पनि विद्यालाई दुई किसिमको मानेको छ । शास्त्र विद्या र शस्त्र विद्या । शास्त्र विद्या जीवनका पूहरेह घडी आवश्यक हुन्छ । शस्त्र विद्या भने केही समयको लागि बढी उपयोगी हुन्छ । बुढेसकालमा भिक्टोरिया क्रस पाउने गजे घलेले बयान गरे जस्तै मैले मलायाको जंगलमा यति जापानीजको टाउको काटेको थिएँ, चेकोस्लाभियामा यति जनालाई मृत्युको घाट उतारेको थिएँ आदि आदि बाल बच्चासँग गफ गर्न मात्र सिमित हुन्छ ।
शास्त्र विद्या जीवनको हरक्षण उपयोगि हुने भएकोकारण कतिपय मुलुकमा प्राध्यापन गर्न व्यत्तिःको निवृत्तिभरण र अनिवार्य अवकाशको उमेर नै हुँदैन । प्लेटोले भन्दा पहिले पनि मानव सभ्यता थियो । राज्य थिए, राज्य सञ्चालक पनि थिए । वेदले नै भनेको छ ‘वयं राष्ट्रे जाग्रयामः पुरोहितः’ पछिसम्म सन्तान दर्शसनतानको भालाईको लागि हामी राष्ट्रवादी हुनुपर्छ भनेर लेखिएको छ । यस हिसाबले प्लेटो भन्दा कमसेकम ६ हजार वर्ष पुरानो वेद हो भनेर जर्मन विद्वान म्याक्स मुलरले लेखेका छन् । त्यस हिसाबले हेर्दा पनि राज्य मानव मात्रको सुखी जीवन बनाउन संगठित समुदाय हो ।
प्लेटोले आजभन्दा चौबीस सय वर्ष अगाडि ग्रीकको वरिपरि रहेका देशहरुको अध्ययन गरे र यथार्थ जनसमक्ष ल्याए । राज्यलाई विभिन्न प्रकारका व्यवस्थाले चलाए पनि राम्रो राज्य हुन शासक जनताप्रति जिम्मेवार हुनुपर्छ भन्ने उनको विचार थियो । आफू बसेको राज्यमा प्रजातन्त्र भए पनि उनी त्यो व्यवस्थासँग सन्तुष्ट थिएनन् । त्यसैले धेरै शास्त्रको ज्ञान भएको सबैलाई समान देख्न सक्ने, परिवार र सम्पत्ति नभएको व्यक्तिलाई प्लेटोले आदर्श राज्यको प्रमुख हुनुपर्छ भनी लेखे । दार्शनिक राजा उनको राज्यको प्रमुखको रुपमा उनले वर्णन गरे ।
हालको नेपालमा अख्तियारले मच्चाइरहेको तहल्कासँग प्लेटो परिचित रहेछन्, त्यसैले पो उनले शासक वर्गलाई सम्पत्ति र श्रीमतीरहित बनाउन खोजे । शासक भ्रष्ट हुनसक्ने कुरा प्लेटोको विचारले पारिवारिक मोहजालले पनि शासक वर्गलाई अन्धो बनाईदिन्छ भन्ने कुरो नेपालका चप्पलदेखि पजेरो, जनवाददेखि चरम धनवादले २० वर्षमा छर्लङ्ग बनाई दिएको छ । ‘मेन इज द पोलिटिल अनिमल’ भनी लेख्ने प्लेटोले तत्कालीन समाजको स्वरुपलाई विचार गरे होलान त्यसैले ‘मेन इज ¥यास्नल’ पुरुष तर्कशक्ति वाला प्राणी हो । उसले योग्य अयोग्य छुट्याउन सक्ने भएकोले उसलाई मात्र शासन गर्ने अधिकार छ भनी लेखे । त्यसैले विदेशी, दास, बालबालिका र महिलालाई शासनको अधिकार दिएनन् । सायद त्यसबेलाको विश्व व्यवस्था सिमित व्यक्तिको राजनितिक अधिकारमै सिमित थियो ।
सन् १७८९ मा बनेको अमेरिकी संविधान प्रथम लिखित संविधानमा पनि महिला र काला, तथा विदेशीलाई मताधिकार थिएन । यसरी २१ सय वर्षपछि पनि अधिकार फरक थियो । १८८९ सम्म ब्रिटिस कानूनमा ‘म्यारिड उमेन आर प्रोपर्टी अफ देअर हजवेण्ड’ भनी लेखिएको छ । त्यस हिसाबले हेर्दा पनि विश्वमा म्याग्नाकार्टाको निर्माता बेलायतमा अलिखित संविधानको इतिहास भए पनि संवैधानिक राजतन्त्रसम्म पुग्दा आठ, नौ सय वर्ष लागेको देखिन्छ ।
प्लेटोका प्रसिद्ध चेला अरस्तुले भनेका छन् जनता एकै किसिमको सत्ताबाट सधैं सन्तुष्ट हुँदैनन् । शासक पनि सत्ता सञ्चालन सँगै बिग्रन्छन् चाहे राजतन्त्र (एकजनाको शासन) कुलिनतन्त्र (केही जनाको शासनं वा धेरै जनाको शासन (प्रजातन्त्र पोलिटी) नै किन नहोस् । सबै शासन व्यवस्थापमा विकृति आउँछ । विकृति आएपछि त्यो शासन व्यवस्था विरुद्ध आन्दोलन हुन्छ र राजनैतिक परिवर्तन हुन्छ । राजनैतिक व्यवस्था स्थायी ध्रुव सत्य हुनै सक्दैनन् ।
वर्तमान नेपालको संविधान सभा आपत्कालिन अवतरण गर्नुपर्ने हवाईजहाजको अवस्थामा छ । अवतरण सुरक्षितको गर्दा पुनः उडान गर्न सकिन्छ । यात्रुहरुलाई बचाउन सकिन्छ । खतरा मोल्न नसक्दा जहाज नै फुट्न सक्छ, सबैलाई जीउ ज्यानको खतरा छ ।
संविधान जस्तोसुकै सुन्दर राम्रो लोकतान्त्रिक, संघीय, संसदीय वा अध्यक्षात्मक जे भएपनि अनन्तसम्म नचल्न सक्छ । नेपालले जहानिँया शासन पद्धति, मिश्रित राजतन्त्र संसदीय प्रजातन्त्र, निर्दलीय पञ्चायत, संसदीय व्यवस्था, प्रत्यक्ष राजतन्त्र, निलम्बित राजा, खिचडीतन्त्र, सर्वपक्षीय सरकार मिलिजुली सरकार दुई पटकको संविधान सभा र व्यवस्थापिका संसद हेरी सकेका छौं । प्रधान न्यायधिश र प्र. मन्त्री एउटै व्यक्ति बनाएर लोक तन्त्रलाई ध्वजा ध्वजा पारि सकेको छ ।
यदि बहुमतीय प्रणालीमा विश्वास गरेको भए पहिलो संविधान सभामा एमाओवादी बहुमत प्राप्त पार्टी मै हाल्थ्यो । त्यसो भएको भए सरकार गठन गर्न २।३ महिनामा पनि लाग्दैथ्यो । सायद संविधान पनि बन्न सक्थ्यो । दोस्रो संविधान सभामा पनि कसैको बहुमत नपुग्नु सरकार निर्माण संसदीय व्यवस्थाको मान्यता विपरीत हुन पुग्यो । ठूला दुई दल मध्ये एक दलको सरकार अर्को प्रतिपक्ष हुनु पर्नेमा ठूला दलकै बाध्यात्मक सहमतिको सरकार बन्यो । नेपालमा सबै प्रयोग भइ सक्यो । संसदीय व्यवस्थामा दुई दुई निर्वाचन क्षेत्रमा पराजित व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल देखि संसदमै नभएकाहरु को मन्त्रीमण्ड प्रवेश पनि गैह्र संसदीय व्यवहार हो । अब विलम्ब नगरी संविधानलाई संशोधनको प्रक्रियाबाट पछि पनि समयानूकल परिवर्तन गर्न सकिन्छ भनेर हाल न्यूनतम सहमतिसहित संविधान जारी गरौं यसैमा सबैको जीत हुनेछ ।
देशलाई अनिर्णयको बन्दी बनाउँदा जनताले भोगेको दुःख बुझ्नुस् । हामीसँगैका अविकसित राष्ट्र कोरिया, मलेशिया, थाइल्याण्ड कहाँ पुगे । भारत र चीन फरक राजनीतिक व्यवस्था भएर पनि कसरी विश्वमा शक्ति राष्ट्रको रुपमा अघि बढिरहेका छन् । व्यवस्था साध्य होइन साधन मात्र हो । सक्षम, राष्ट्रवादी त्यागी नेता भएमा जे नाम भएको व्यवस्था भए पनि देशले द्रुत आर्थिक वृद्धि गरेका छन् । महेन्द्रकाल मै कोरियन राष्ट्रपति पार्क चुङ् ही ले देशलाई उच्च आर्थिक विकास तिर डो¥याए हामी कहाँ किन चुक्यौं ?
के हाम्रो राष्ट्र नेतृत्व विहीन नै भएको हो ? किन एक्काइसौं सताब्दीमा पनि हामी भोक, रोग, अशिक्षा, गरिबी र स्वार्थी नेताको चञ्गुलबाट छुटकारा पाउन सकेका छैनौं । के सो प्रश्न संविधान सभामा प्रतिनिधित्व गर्नेहरुतिर तेर्सिएको छैन ? प्रश्न ठ्रीक छ भने ६०१ र तिनका कमाण्डरसँग कुनै वहाना वाँकी छैन । तुरुन्त न्यूनतम समझदारी गरि यो वा त्यो नमूनाको राजनीतिक व्यवस्था सहितको संघीयता बनाउँदै संविधान जारि गर्नुस् देशलाई निश्चित बाटोमा डो¥याएर पछि भविष्य भावि पुस्ताको हो । तपाईले वर्तमानको मात्रै चिन्ता गर्नुस र कर्तव्य वोधका साथ संविधान जारि गर्नुस् ।

धनप्रसाद पण्डित
राजनीतिशास्त्र
पद्मकन्या क्याम्पस

Sunday, July 19, 2015

यात्रा कुटनिती पुस्तकका बारेमा प्राध्यापक ध्रुवकुमारको भनाइ




हामीले सानो छँदा पढेका थियौं ः यात्रा गर्नु शिक्षाप्रद मात्र नभई अरूबाट सुन्नु, किताब पढेर जानकारी लिनुभन्दा आफ्नै नाङ्गो आँखाले देख्नु, अन्तरक्रिया गर्नु र बुझ्नुबाट अझ बढी (First Hand) ज्ञानोपार्जन गर्न सकिन्छ र भ्रामक स्थितिमा बस्नुपर्ने अवस्था पनि रहँदैन । स्कुले अवस्थामा आफ्नै मुलुकभित्रका विभिन्न ऐतिहासिक स्थलहरूको शैक्षिक भ्रमणबाट पनि विद्यार्थीहरूले धेरै सिक्न र बुझ्न पाउँछन् । त्यसैले भ्रमण लाभदायी नै हुन्छ ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा संलग्न लेखक धनप्रसाद पण्डितको एक किसिमको घुमन्ते जीवनको केही अंश समेटिएको यो सँगालोबाट पनि यही अनुभूत गर्न सकिन्छ । उनले भ्रमण गरेको एशियालीका मुलुकमा साथै युरोपेली मुलुकहरू, खासगरी दक्षिण कोरियाले गरेको विकासको प्रगति विवरण, त्यहाँका मानिसहरूको मित्रवत् व्यवहार, सदासयता र सहयोगी भावनालाई प्रस्तुत गरेका छन् । आफ्नो मुलुकको अनवरत राजनीतिक अस्थिरता र अविकसित स्थितिसित दाँज्दा यसलाई हाम्रो राष्ट्रको शासकीय प्रवृत्तिमै आमूल परिवर्तनको आवश्यकताको अनुभव हुन्छ ।
आफ्नो मुलुकको अवस्थासित दक्षिण कोरियाली राजधानी सोलको अत्याधुनिक छटा र नेपालको सांस्कृतिक सम्पदाले भरिपूर्ण राजधानी काठमाडौंको दुरावस्था एक ट्याक्सी ड्राइभरको व्यवहारबाट प्रष्ट्याउँछन् उनी । तर पनि जस्तोसुकै दुःखदायी स्थितिमा समेत हाँसी खेली बस्न सक्ने नेपालीहरूको उज्यालो अनुहारको अगाडि अत्याधुनिक प्रविधि र आर्थिक विकासले सुखसयलका साथै साधन सम्पन्न मुलुकका मानिसहरूको व्यस्त जीवन तर मलिन अनुहार अति नै टिठलाग्दो रहेको लेखकको अनुभव छ ।
कोरियाले विकासको गति पक्डेकोले हामी मध्येका केही नेपालीहरू त्यहाँ आफ्ना अमूल्य श्रमको खपत गरिरहेका छौं । उनीहरूले गरेका आर्थिक उपार्जनका केही भाग विप्रेषण (रेमिट्यान्स) को रूपमा नेपाल भित्रिएको छ र राष्ट्रिय अर्थतन्त्रलाई केही सघाएको पनि छ । तर आधुनिक कोरियाको जीवनशैली समय–समात्न दौडेका मानिसहरूको व्यस्तताले गर्दा उनीहरूको मुहारको कान्ति हराएको छ । लेखक भन्छन् ः ‘कोरियाली युवायुवतीको अनुहार अभावमा पनि प्राकृतिक हाँसो हाँस्ने नेपालीको जस्तो उज्यालो हँसिलो छैन ।’
यसको साथै लेखकले थातथलोबारे प्रस्तुत गरेको विवरण र स्थानीयहरूले अपरिचित व्यक्तिहरूसँग गरेको व्यवहारको रमाइलो प्रस्तुति गरेका छन् । जापान लगायत अतिसम्पन्न मुलुक स्वीडेनमा कोही कोहीसँग बोल्न तयार नभएको देख्दा लेखकले अचम्म मानेका छन् । उनी लेख्छन्ः ‘शब्द पनि किन्न पर्ला जस्ता मानिस सम्पन्नतामा मानसिक तनाव प्रशस्त देखेँ ।’ तर विदेशमा यस प्रकृतिको व्यवहारलाई भने अस्वाभाविक ठानिदैन । परिचितहरूबीच लेखकले आफूलाई परिवारकै अभिन्न सदस्य जस्तै व्यवहार गरिएको अनुभव पनि सँगालेका छन् ।
तर भ्रमणकै क्रममा अति नै अपत्यारिलो र अत्यासलाग्दो क्षण पनि लेखकले व्यहोर्नु परेको चाहिँ चिनियाँ अध्यागमन कर्मचारीहरूको व्यवहारबाट भएको उनको भनाइ छ । तंग स्याओपिङ्गको ‘प्राग्मेटिज्म’ नीतिमा तल्लीन साम्यवादी चीनका कर्मचारी व्यवहारमा त्यति खरो नउत्रिनु लेखक मंगोलियामा आयोजित एउटा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिई चिनियाँ वायुसेवाकै विमानबाट तिब्बतको वायुमार्ग भई काठमाडौं फर्किन खोज्दा मल्टिपल इन्ट्रि भिसा नभएको हुँदा अध्यागमनबाट फर्काइनु अनि त्यसको कारण भने लेखकको भनाइमा ‘प्रजातन्त्र र मानवअधिकार’ विषयक गोष्ठीमा भाग लिएका व्यक्तिलाई तिब्बत भई आवागमन गर्न नदिने चिनियाँ कर्मचारीको निर्णय निश्चय पनि उदेक लाग्दो थियो । उनको फिर्ती हवाई टिकट एयर चाइनाबाट उलान वाटर–पेचिङ–छेन्दु–ल्हासा भएर काठमाडौं आउनुपर्ने थियो । किनभने हवाइयात्रुले तिब्बत भूमिमा पाइला टेक्ने सम्भावना नै थिएन । चिनियाँ सरकारी कर्मचारीहरू यति बिघ्न अव्यवहारिक होलान् भनेर सोच्न पनि सकिँदैन । तर लेखक स्वयंको भोगाइले यो सत्य भने स्वीकार्नै पर्छ । यस्तो पनि हुनसक्छ र भन्ने प्रश्न चाहिँ आफ्नै ठाउँमा छ ।
लेखकले स्विडेन र डेनमार्कजस्ता युरोपका धनाढ्य राष्ट्रहरूमा बिताएका क्षणहरूको विवरण रोचक छ । उनले स्विडेनको भव्य शहर गथेनवर्गमा पुगेर नेपालबाट लगेको ‘वाइ वाइ’ चाउचाउ पकाएर खाएको स्मरण रमाइलो छ । आफूले घुमेका सबैजसो मुलुकहरूमा नेपाली आप्रवासीहरूसँगको जम्काभेट र उनीहरूसँग बिताएका क्षणहरूको विवरण लेखकको निम्ति अविस्मरणीय रहेको छ । त्यस्तै विश्वविद्यालयको एक सक्रिय प्राध्यापकको हैसियतले लेखकले दक्षिण कोरियाको केही उत्कृष्ट विश्वविद्यालय र अन्य मुलुकको शैक्षिक संस्था र शैक्षिक गतिविधिहरू अवलोकन गर्नुको साथै आफ्नो विश्वविद्यालयको शैक्षिकस्तरसँग प्रत्यक्ष दाँज्ने अवसर पाउँदा शिक्षाक्षेत्रमा हाम्रो मुलुक अझै धेरै प्रयत्नशील हुनुपर्ने उनले अनुभव गरेका छन् । यो वास्तविकता हो । शिक्षामा समुन्नत नभई मुलुकको विकासक्रम उन्नत नरहने यथार्थ पनि उनले विभिन्न मुलुकको शैक्षिक स्थितिबाट अवगत गरेका छन् ।
यो टिप्पणी होइन । यो पाण्डुलिपिको साधारण परिचय मात्र हो । लेखकको जीवन यात्राको एउटा महत्वपूर्ण सन्दर्भ पनि हो । किनकि हामी नेपालीमध्ये अधिकांशले विश्वविद्यालयकै शिक्षण पेशामा संलग्न रहे पनि धनप्रसाद पण्डितले जस्तो पटक पटक विदेश यात्रा गर्ने अनि विदा मनाउने सौभाग्य विरलै पाउँछौं । तसर्थ विदेश यात्राबाट उनले लिएको शिक्षा, बटुलेको अनुभवबाट सिक्ने अवसर यस पुस्तकका पाठकहरूले अवश्य नै पाउनेछन् । विवरणहरू रोचक छन् । त्यसैले पुस्तक पढौं ।

ध्रुव कुमार
प्राध्यापक, राजनीतिशास्त्र
वसुन्धरा–९, काठमाडौं–५

Tuesday, June 23, 2015

विचार यात्रा किताबका समम्बन्धमा हिमाल खबर पत्रिकाको समिक्षा



http://www.nepalihimal.com/2064/jyestha-1-15/images/book4.jpg




निर्भीक टिप्पणी



किताबः विचारयात्रा ९२०६३०
लेखकः धनप्रसाद पण्डित
पृष्ठः २०४, मूल्यः रु।३००

राज्यव्यवस्थामा विभिन्न रूपमा भित्रिएका विसङ्गतिहरूको चिरफारसँगै निजी अनुभूतिहरूको सँगालो हो, विचारयात्रा। राजनीतिशास्त्रका अध्यापक धनप्रसाद पण्डितले विचारयात्रा मार्फत् आफ्ना खरा विचारलाई पाठकसामु राख्दै विषय र प्रस्तुतिका विविध स्वाद चखाउन खोजेका छन्।

लेखहरूले मूलतः चार विधालाई छोएका छन्। पहिलो खण्डमा बहुदलीय व्यवस्थाको पुनःस्थापना र त्यसपछि विभिन्न कोणबाट भित्रिएका विसङ्गतिका कारण क्षीण हुँदै गएको राजनीतिक संस्कारबारे मन्थन गरिएको छ भने दोस्रो भागमा नेपालको लथालिङ्गे शिक्षा नीतिलाई प्राथमिकतासाथ उठाइएको छ, यसक्षेत्रमा देखिएका सकारात्मकरनकारात्मक दुवै खाले गतिविधिलाई प्रस्ट पार्ने निर्भीक जमर्कोका साथ। पुस्तकमा नेपालको वैदेशिक मामिलाबारेका केही लेख पनि समाविष्ट छन्। यसक्रममा उनले सबैभन्दा बढी नेपाल–भारत सम्बन्धका कुरा लेखेका छन्। देश–देशान्तरका यात्रा विवरणले पाठकलाई सहजताका साथ डोर्याइरहन्छन्। प्रजातन्त्रप्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा पटक पटक जेल बस्दाका रोचक अनुभवलाई किताबका थप आकर्षण मान्न सकिन्छ। देशको शैक्षिक अवस्था, विदेश मामिला, देश–विदेश यात्राका प्रसङ्गहरूका कारण पनि किताब पाठकका निम्ति खुराक हुनसक्छ।













Barsa 17,anka 3,197 Himal khabar patrika .

Saturday, May 30, 2015

.सम्झनामा भाषाविद कुटनितीज्ञ निरन्जन भट्टराई


दरवारमा आउने विविध भाषामा लेखिएका पत्रको अनुवाद गर्नुपर्ने भएकोले निरञ्जन भट्टराईजीलाई र राजा महेन्द्रलाई भाषा पाठशालाको आवश्यकता वोध भएको रहेछ ।
सार्क सचिवालयको स्थापना नेपाल कि बङ्गलादेश सैनिक शासक जनरल जीयाउल हकसँगको निकट सम्बन्धका कारण पाकिस्तानले ढाकामा हैन काठमाडौमा ठीक छ भनेर नेपाललाई साथ दिएकोले झण्डै ढाका पुगि सकेको सार्क सचिवालय काठमाडौमा बस्ने निर्णय भएछ । पाकिस्तानमा रहेका दक्षिण एशियाली राजदूतहरुले मासिक आलो पालो भेटघाट डिनर गर्ने गरेका रहेछन् । एक पटकको बैठकको बेलामा बङगलादेशका राजदूतले निरञ्जन भट्टराईजीको जनरल जियाउल हक सँगको निकट सम्बन्धका कारण सार्क सचिवालय नेपालमा जाने सुनेपछि उनले नेपाली राजदूतसँग बोलचाल नै बन्द गरेछन् ।
इतिहासको ज्ञान सबैलाई आवश्यक छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको त्रिदेवीमार्गमा अवस्थित आठ देशका झण्डा फहराएको भवनको बारेमा जान्न ।
नेपालका, कुटनीतिज्ञ परराष्ट्र मन्त्री, जर्नेल पदमबहादुर खत्रीजीको घरको भित्तामा टाँगिएको क्यानभास ‘थान्का’ शैलीको कपडामा छापिएको शीर्षकमा चिनियाँ भाषामा लेखिएको ठूलो तस्वीर र दोभाषे निरञ्जन भट्टराईको वैठक कोठाको कागजमा भएको उस्तै तर सानो फ्रेमको फोटो नेपाल चीन सम्बन्धको बारेमा जानकारी राख्नेका लागि ऐतिहासिक महत्वको छ । त्यसैले होला उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलमा धेरै जसो सदस्य नेपाल भ्रमण आएको बखतमा स्व. निरंजन भट्टराईको घर पुग्ने गर्दा रहेछन् । तात्कालीन चीनका महत्वपूर्ण नेता माओत्सेतुङ, लि–स्यानसँगको तस्वीर देखेर दंग पर्ने रहेछन् । व्यक्तिप्रतिको निकटता पनि राष्ट्रप्रतिको निकटता हुँदो रहेछ, जसरी आधुनिक नेपालको भूगोललाई अन्तिम बृद्धि गर्दा जंगबहादुर राणाको वेलायत यात्रा ताका की प्रियसि ‘ड्युक पुत्री लाउरा वेल’लाई उपहार दिएको हिराको औठीले, पुनः पत्रसाथ जंगवहादुर कहाँ पठाए पछि, भारतको सिपाहि विद्रोहमा गोर्खा सैनिक र नेपाली सेनाले पूर्ण रुपमा व्रिटिसलाई साथ दिएकोले ‘ब्रिटिस साम्राज्य करीब १०० वर्ष पुनः भारतमा बस्न पाएछ । नेपालले नयाँ मुलुक (सुगौली सन्धिमा गुमाएको मध्ये केही भाग) वाँके, बर्दिया, कैलाली र कञ्चनपुर उपहार पाएछ । नेपालकै कुटनीतिक र राजनीतिक इतिहाँसमा व्यक्तिगत अन्तरङ्ग सम्बन्धको ठूलै महत्व छ ।
स्वर्गिय निरंजन भट्टराईका छोरा अनुपरञ्जन भट्टराईको तीनपुस्ते चिनियाँ मोह र भ्रातृत्व, पारिवारिक सम्बन्धका पछाडि चिनियाँ भाषाको ज्ञानको ठूलै महत्व छ । हाल वहाँका नातिहरु पनि चीनमै शिक्षा पाइरकेकै छन् । छोरा अनुपरञ्जन नेपाल चीन सम्बन्धमा अनौपचारिक दूतको रुपमा रहेका छन् ।
चाहे लुम्बिनीमा अफ सिजनमा आउने हालको चिनियाँ पर्यटकको झुण्ड होस कि पोखरा काठमाडौमा आउने समुहगत पर्यटकको नेपाल आगमन र भ्रमण सम्भव हुँदैनथ्यो । नेपालमा चिनियाँ भाषा थोरै मात्र भएपनि बोल्ने दोभाषे उपलब्ध नभएमा । विश्वमा धेरै खर्च गर्ने पर्यटक भनि केहि महिना अघि लण्डनको मलमा सामान खरीद गर्ने चिनियाँ पर्यटकको फोटो टायम्स म्यागेजिनमा छापिएको थियो । चीन आर्थिक शक्तिमा दोश्रो शक्तिको रुपमा उदय भएपछि चिनियाँ भाषाको महत्व पनि बढ्दै गएको छ । त्यसैले होला हालका दिनमा आएर फ्रेन्च वा स्पेनिस भाषाको ज्ञान खोज्ने अमेरिकी विश्व विद्यालयहरुले अंग्रेजी पछि चिनियाँ भाषाको ज्ञान भएकालाई अमेरिकामा पढ्न (भर्नागर्न) प्रोत्साहन दिने गरेका छन् । यो कुराको पूर्व जानकारी भाषिक कुटनीतिज्ञ निरञ्जन भट्टराईले साठीकै दशकमा बुझि सकेका रहेछन् । चीनले आफ्ना पर्यटकको लागि नेपाललाई १७ औं गन्तव्य घोषणा गरेपछि नेपालमा आउने पर्यटकको सङ्ख्यामा व्यापक वृद्धि भइ गत वर्ष २०१२ मा ? जना पुगि सकेका छन् । त्यसका साथै विश्वभाषामा चिनियाँ भाषा पढ्न आउने विद्यार्थी सङ्ख्या पनि बढ्ने नै भयो । चीनले विश्व भाषा वाहेक पनि काठमाण्डौ विश्व विद्यालयमा कन्फ्युसियस स्टडीजमा पनि चिनियाँ भाषा संस्कृति, इतिहास सिकाउन मद्दत गरेको छ । साथै युनिभर्सल ल्याङ्ग्वेज इन्टिच्युटमा पनि चिनियाँ भाषा शिक्षक पठाई नेपालमा चिनियाँ भाषा पठनपाठनमा सरकारी र निजी तवरमा पनि मद्दत गर्दै आएको छ । चीनसँग पूँजी छ, ताकत छ, सभ्यता छ, विश्व शक्ति हुने चाहना छ, नेपाल उसको परंपरागत मित्र राष्ट्र हो अरनिको देखि राजा महेन्द्र, वी.पी. कोइराला, राजा विरेन्द्र, कीर्तिनिधि विष्ट, हुँदै गिरिजा र प्रचण्डसम्मका औपचारिक अनौपचारिक भ्रमणमा भाषिक महत्व अवश्य हुन्छ । त्यसैले होला पंचायत कालमा त चीनको वारेमा काम पर्दा भाषिक कुटनीतिज्ञको रुपमा निरंजन भट्टराई र बासुदेव तुफान लाई नेपाल सरकारले उत्प्रेरित गरी प्रबर्धन गरेको थियो ।
तर लोकतन्त्र र गणतन्त्रसँगै नेपालको सरकारको ध्यान भाषिक कुटनीतिज्ञको आवश्यकता समेत नखोज्ने वा त्यस विषयमा ध्यान नदिने अवस्थामा रहेको छ । भाषा संवादको माध्यम मात्रै हैन, भाषाले संस्कृति, सभ्यता, रहन सहन, चालचलन धेरै कुराको ज्ञान गराउँछ । त्यसैले होला जापान फाउण्डेसनले कान्साइमा रहेको सुन्दर भवनमा आफ्नो मित्र राष्ट्रका विदेश मंत्रालयका युवा अधिकारीलाई केहि महिनाको जापानी भाषा ज्ञान दिने रहेछ । भाषाको माध्यमबाट मानवीय सान्निध्यता हुन्छ, नेपालमा काम गर्ने अमेरिकी कुटनीतिज्ञले नेपाली भाषाको निश्चित स्तर उतीर्ण गरेको छ भने उसको भत्तामा वृद्धि हुन्छ र उसको काम गर्ने शैलीमा भाषाले सरल बनाई दिन्छ ।
भाषाले जनस्तरको सम्बन्ध स्थापना गर्न तथा गोप्य ज्ञान हासिल गर्न पनि मद्दत गर्छ । जुन एक कुटनीतिज्ञको लागि अनिवार्य कुरो हो । दोभाषेको मात्र भरपर्दा कतिपय वास्तविकतासँग परिचय नहुन सक्छ ।
भाषाको कुटनीतिमा महत्वः
खानपानको सामिप्यता कुटनैतिक निकटताः
उडनेमा चीलगाडी र हिडनेमा मोटर गाडी वाहेक सबै खान्छु ।
दोभासेको रूपमा चीन यात्रा माओत्सेतुङ सँगको निकटता,
भाषिक शिक्षामा विशिष्ट योगदान

विश्वभाषा क्याम्पसका संस्थापक निरंजन भट्टराई र १९९९ देखि २००३ सम्मको क्याम्पस प्रमुख हुँदा मेरो विशेष सम्बन्ध थियो । वहाँसँग प्रथम भेट भने नेपाली राजदूतावास इस्लामावादमा सन् १९८५ को जनवरी दोश्रो हप्ता भएको हो । त्यहाँपनि वहाँले एक नेपाली राजदूतले दर्शाउनु भएको प्रेम, सद्भाव सहयोगी भावना कुटनीतिक मर्यादाभित्र पर्दैन ? महान आत्माको रुपमा वहाँले ५।६ कोठे, र ४ जना स्टाफ मात्र भएको तत्कालिन शाही नेपालीराज दूतावासमा ५० जना विद्यार्थी र प्राध्यापकलाई ७।८ दिन सम्म सुत्ने व्यवस्था मात्र मिलाउनु भएन कि जनरल सैनिक शासक ‘जियाउल हक’ राष्ट्रपतिको अतिथिको रुपमा इस्लामावादको पाँचतारे होटल ‘होलिडे इन’मा डिनर होस्ट गरेर हामी र काइदे आजम विश्व विद्यालयका विद्यार्थीलाई भेटघाट, भलाकुसारीको अवसर प्रदान गर्नुभयो । ‘स्ट्राटिजिक स्टडीज्’ सेन्टरमा टक प्रोगाम अनि पाकिस्तान टेलिभिजनमा वाइस मिनेटको नेपाली सांस्कृतिक कार्यक्रम गरेर हाम्रो टोलिले नेपाललाई दक्षिण एशियाको पाकिस्तानमा चिनाउने काम गरेको थियो । भारतवर्षको प्राचीन विश्व विद्यालयको बुद्धिष्ठ संग्राहलय तक्ष्यशिलाको अवलोकन पनि भट्टराईजी कै गाइडेन्समा भएको थियो । जहाँ विदाको दिनमा प्रवेश शुल्क नलिएर हामीलाई अवलोकनको अवसर मिलाइएको थियो ।
धेरै जसो नेपाली मासु खान्छन् । मासुमा  पनि जात र थर अनुसार जिब्रोको स्वाद र मनको सन्तुष्टि हुँदो होला । बँदेल स्वाद मानेर खाने – सुँगुर, वगुर नखाने, कालिज खाने कुखुरा नखाने, खसी खाने, बाख्री नखाने, थार खाने भैसी या पाडो नखाने धेरै चलन छन् । गाई खाने त नेपालमा कसममा मात्र खाइन्छ ।
दक्षिण एशियाली अध्ययन भ्रमणताका जब हामीले जनवरी ५, १९८५ मा भारत पाक सिमाना वागा वोर्डर पार गर्यौं । ज्यादै जाडो थियो, भोक लागेको थियो खाना खोज्न जाँदा आलु किमा, गोभि किमा, दाल किमा जेमा पनि गाईको मासुको स्वाद पर्ने गरि खाना पाइने रहेछ । किमा भनेको विफ गाईको मासु । अनि त हाम्रा टुरका साथी मध्य केहिले मात्र खाए, धेरैले खाएनन् । पाकिस्तानमा साकाहारी भोजन पाउन मुस्किल रहेछ । इस्लामावाद पुगेपछि खानाको कठीनाईको वारेमा राजदूत भट्टराईसँग कुरा ग¥यौ । हाम्रो सोध्ने आसय शाकाहारी भोजनालय कहाँ पाइन्छ होला भन्ने थियो । साथै खसीको मासु वा कुखुराकै मासु भए पनि हुन्थ्यो भन्ने आसयले हामीले राजदूतसावलाई सोधेका थियौं । वहाँले त झट्ट भन्नु भयो म त उड्नेमा चिलगाडी र हिड्नेमा मोटर गाडी वाहेक जे पनि खान्छु । सायद त्यो वानीले पनि वहाँलाई निकट मित्र पायो होला चीनले नेपाली छात्रा, छात्रको शैक्षिक भ्रमणमा शाही नेपाली राजदूत निरंजन भट्टराईको आतिथ्य ‘नभूतो नभविष्यति’ सायद त्यसभन्दा पहिले र त्यसपछि पनि त्यत्तिकै मीठो आतिथ्य भएन होला र पछि पनि हुनेछैन । एकदिन त राजदूतज्यूले आफ्नै निवासमा दालभात, तरकारी खसीको मासु अचार पकाउन लगाएर हामीलाई दिवा भोज दिनुभयो । आफ्नै नेपाली खानाको त्यो इस्लामावादको स्वादले सबै जना गद्गद् भएका थियौं ।
यति ठूलो जमातमा ४८ जना विद्यार्थी र २ जना प्राध्यापकको करीव दुई महिना लामो क्षेत्रीय भ्रमण । सानो दुतावासले दिएको वास र व्यवहार हाल सम्म भएको अद्धितीय भ्रमण र व्यवहार रह्यो । २८ डिसेम्बर १९८४ देखि १८ फरवरि १९८५ सम्मको नेपाल, भारत, पाकिस्तान तथा बंगलादेशको भ्रमणको अवधिको चीरस्मरण पाकिस्तानको आतिथ्य थियो ।

धनप्रसाद पण्डित
सह–प्राध्यापक
पद्मकन्या क्याम्पस