Monday, January 28, 2019

Bichar Yatra (First Book)

Click here for Full Book



शुभकामना
    धनप्रसाद पण्डितले बझाङको ब्याँसीबाट काठमाडौँको पद्यकन्या क्याम्पसको प्रध्यापकसम्म आइपुग्दा गरेका सङ्घर्षले नेपालको पहाडी बाहुनको चिनारी राम्ररी दिन्छ । यस्तै सङ्घर्ष मेचीदेखि महाकालीसम्मको पहाडको कुनाकाप्चाबाट काठमाडौँ आइपुगेका धेरै पहाडी बाहुनले गरेका छन् र आफ्ना सन्तानलाई सजिलो मौका प्रदान गरेका छन् । त्यसैले पनि पहाडी बाहुन राज्य सञ्चालन क्षेत्रमा अगाडि हुन पुगेको छ र ईष्र्याको केन्द्र पनि भएको छ । हजारौँले गरेका यस्ता सङ्घर्ष यस मुलुकको इतिहासको गर्भमा त्यसै लुकिराखेका छन्, जसबारे सहजै मौका पाउने वा ईष्र्या गर्नेहरुले सायदै हेक्का रोखेका होलान् । मुलुकमा जातीय नारा उठेको बेला धनप्रसादजीको ‘विचारयात्रा’ को प्रकाशनले पाठकवर्गलाई एकछिन भने पनि घोत्लिन सहयोग गर्ला भन्ने आशा गर्छु ।
    प्रत्येक मानिस राजनीतिक प्राणी हो भन्ने कुरामा पनि धनप्रसादजीले आफ्नो चिनारी राम्ररी दिनुभएको छ र एक विचारवान् व्यक्तिले निडरताका साथ आफ्ना कुरा राखेर समाजका एक शिक्षकले निर्वाह गर्नुपर्ने जिम्मेवारी पनि पूरा गर्नुभएको छ । चाकडी र धम्कीको मात्र भाषा बुझ्ने राजनीतिक नेताहरुलाई एउटा विचारवान् व्यक्तिले आफ्नै भाषाद्वारा मुलुक र उनीहरुकै भलो होवोस् भन्ने सोचद्वारा घचघच्याइराख्नुभएको छ । पार्टीका नेताहरु सुध्रिऊन् र मुलुकमा लोकतान्त्रिक व्यवस्थाले राम्ररी जरो गाडोस् भन्ने भावना उहाँको बेलाबेलामा प्रकाशित लेखहरुले व्यक्त गरेका छन् । एउटा अगुवा विचारवान् व्यक्तिले गर्नुपर्ने आफ्नो धर्म उहाँले पु¥याउने कोसिस गर्नुभएको छ ।
    यो विश्व एउटै गाउँ बनिराखेको बेला एकले अर्काबाट सिक्नुपर्ने आवश्यकताबाट टेवा दिन पनि उहाँले आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरुबाट निस्केका विचारलाई पाठकहरुका अगाडि राम्ररी पस्कनुभएको छ र अरुलाई पनि यस्तै गर्न प्रेरणा प्रदान गर्नुभएको छ । धनप्रसादजीको ‘विचारयात्रा’नामको पुस्तकको प्रकाशनले उहाँको व्यक्तिगत चिनारीलाई मात्र नभई समकालीन नेपालकै चिनारीका लागि पनि आफ्नो योगदान पु¥याउने चेष्टा हुन पुगेको छ । आशा गर्छु, बढीसेबढी व्यक्तिले यस पुस्तकलाई किनेर पढिदिएमा बढीसेबढी व्यक्तिमा धनप्रसादजीको सन्देश पुग्नेछ । साथै अन्य कृतिहरु पनि प्रकाशमा ल्याउन उहाँलाई प्रोत्साहन मिलिराखोस् भन्ने शुमकामना राख्छु ।
    डा. पूर्णकान्त अधिकारी
                                    अध्यक्ष
द्वन्द्व व्यवस्थापन शान्ति तथा विकास प्रतिष्ठान
महाराजगन्ज, काठमाडौँ
फागुन ४, २०६९ ।