
२०७२ बैशाख १२ गतेको नेपालमा आएको महाभूकम्पले विश्व अर्थतन्त्रमा देखिएको परिवर्तनलाई झल्काउन पुगेको छ । महाभूकम्प र त्यसपछिको पराकम्पनले नेपालले ठूलै क्षति खप्नुप¥यो । विक्रम सम्वत् १९९० को भूकम्पपछि राजधानी काठमाडौं र सेरोफेरोले महाप्रलय जस्तै कठिनतम अवस्थाबाट गुज्रिनुप¥यो । सरकारी, नीजि सबै पक्षको खर्बौको क्षति भयो । नेपाल सरकारले हालसम्म गरेको आँकलन अनुसार ६ खर्ब ६७ अर्बको क्षति हुन पुगेको छ । यथार्थमा त्यो अनुमानित क्षति भन्दा जम्मा जम्मी वास्तविक क्षति अझै बढि पनि हुन सक्छ । क्षतिको सन्देश, क्षति पछिको राष्ट्रिय एकता अड्किरहेको संविधान निर्माण प्रकृयाले लिएको गति केहि आशालाग्दा यथार्थ हुन् । नेपालीहरु लडेर बस्ने मात्र होइनन् उनीहरु वीर हुन् बहादुर पनि हुन् कष्ट सहन सक्छन् भन्ने यथार्थ विश्वसामु देखाप¥यो । महल, दरबार, घरबार झुपडीमा बास बस्ने जनसमुदाय एकै स्थानमा पालमुनि बस्न बाध्य भएको यथार्थ भूकम्पले नै ल्याइदियो । सितायन लेख्ने विद्वान रमेश चन्द्र अधिकारीले पनि २ करोडको घर भत्काउनु परेछ । भत्काउनमात्रै पनि थप तीनलाखा रकम तिर्नु परेछ । भूकम्पले थिलथिल पारेको भवन नष्ट गर्न । आजै यो सुनेर संस्कृत विश्वविद्यालयबाट पहिलो पी.एच.डी. प्राप्त गरेका प्रा.डा. रमेश चन्द्र अधिकारीको नयाँ पुस्तक दाम्पत्य हेर्दा मलाई लाग्यो एक त्रि.वि. को प्राध्यापकले गुमाएको २ करोड बराबराको सम्पत्ति यो उहाँको जीवनकै सबैभन्दा ठूलो उपलब्धि थियो होला । त्यस्ता नीजि भवन, महल, घर हजारौं सखाप परे यो वर्षको महाभूकम्पमा ।
सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, गोर्खा, धादिङ्ग, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौं लगायत १४ जिल्ला महाभूकम्पको महाविनाशमा तहसनहस भए । विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाका पर्यटक तान्ने प्राचीन सम्पन्नता झल्काउने सम्पदा समेत खरानीमा परिणत भए । विश्वमा युद्धको बेला वा प्राकृतिक विपत्तिको बेलामा शक्तिको परिक्षण हुन्छ । युरोपबाट प्रथम र दोश्रो विश्वयुद्ध नभएको भए उडरो विल्सन र रुजबेल्टले अग्रसरता देखाई अमेरिकालाई विश्वशक्तिको रुपमा परिचित गराउने अवसर प्राप्त गर्ने थिएनन् ।
एक्काइसौं शताब्दी एसियाको शताब्दीको रुपमा उदीयमान हुँदैछ । त्यसको नेतृत्व चीन र भारतले लिँदैछन् भन्ने सन्देश आएको छ । नेपालमा आएको महाभूकम्प पछि राहत र पुर्ननिर्माणमा आएका भारतीय, भुटानी, चीनियाँ र बांग्लादेशी ट्रकले एसिया सेल्फ हेल्पको लागि तैयार छ भन्ने देखायो । एकसय भन्दा बढी राहतका हवाइजहाज काठमाडौंमा उतारेर चीनले असल मित्रको सन्देश दिएको हो । तातोपानीको अवरुद्ध सडकलाई आंशिक खोल्नु पनि हाम्रो लागि भयंकर चुनौती थियो । जसलाई चीनीयाँ पक्षले बखुबी पूरा गरिदियो । भारतीय पक्षले नेपालमा महाभूकम्प गएको ६ घण्टामा पठाएका हेलिक्याप्टर सहितका उद्धार टोली पठाएर घनिष्ठतम मित्रको प्रथम र सबैभन्दा दरिलो सन्देश दिएको थियो । त्यो पनि प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत सदासयताले पनि काम गरेको हो । भारतमा भारतीय राष्ट्रिय कांग्रेस हुनुभन्दा भाजपा सत्तामा हुनु नेपाल जस्ता मित्रको लागि सौभाग्यको अवसर हुन पुग्यो । मोदीको दोश्रो वैदेशिक भ्रमणको बेलामा नेपाली जनताको मनमा बस्न सक्नु लामो समयदेखि खटपट र शंकामा रहेको सम्बन्धलाई विश्वासको वातावरणमा ढालेको हो । जापान, चीन, अमेरिकाको औपचारिक भ्रमणमा पनि नेपालको प्रसंग उठाएर मोदीले नेपाल प्रतिको आत्मीयता दर्शाएका थिए नै ।
भूकम्प गएको करिब दुई महिनामा नेपाल सरकारले दातृ निकाय र शुभेच्छुक संस्था सहितको अन्तर्राष्ट्रिय साझेदारी पुर्ननिर्माण गर्न अर्थ संकलन बैठक ग¥यो । यो बैठकको आफ्नै विशेषता रह्यो । दोश्रो विश्वयुद्ध पछि राजनैतिक, सैनिक, आर्थिक हैसियत पाएका पश्चिमा राष्ट्र अस्ताउँदा शक्तिको रुपमा देखा परे । संयुक्त राष्ट्र संघमा स्थायी सदस्य मध्ये चीन मात्र ठूलो सहयात्रीको रुपमा देखाप¥यो । बाँकी सबै गोरा राष्ट्रहरु नेपालको पुर्ननिर्माणको कार्य गर्ने अन्तर्राष्ट्रिय दातृ निकायको बैठकमा तेश्रो चौथो सहयोगीको रुपमा समेत देखिएनन् । संयुक्त राष्ट्र संघको प्रतिनिधित्व अरु राष्ट्रलाई सहयोग गर भनेर थप आवाज गर्नेमा मात्र देखियो । उसले गरेको आह्वानले छुट्टै महत्व राखेर नेपालको भन्दा बढी जोर दिने अवस्था रहला जस्तो लागेन । यु.एन. त आफ्नै सुविधा बढाउने र जोखिमयुक्त वा खतरनाक भनेर तलब भत्ता, सुविधा वृद्धि गर्दै अन्य दातृ निकायको नेपालको नाममा आउने रकम झ्वाम पार्ने निकायको रुपमा पो देखियो “ए फ्रेण्ड इन् निड इज फ्रेण्ड इनडिड” दुःखमा साथ दिने नै वास्तविक मित्र हो भन्ने सन्देश दियो घनिष्ठतम मुलुक भारत र चीनले । विदेश मन्त्री स्तरको सहभागिता विशेष विमानबाट आगमन एक खर्ब र ७६ अर्ब सहयोग राशीको पुर्ननिर्माणमा वचनबद्धता दिने भारत, चीन र जापानले उदीयमान एशियाको यथार्थ विश्व समक्ष देखायो ।
विश्वका परतन्त्र नभएका १६ राष्ट्र मध्येको एक राष्ट्र नेपाललाई सन् १९७१ मा मात्र स्वतन्त्र भएको बंगलादेश र बुद्धिष्ट राष्ट्र भुटान पनि सहयोग दिने राष्ट्रको रुपमा देखापरे । विडम्बना नै मान्नुपर्छ, दुई सय वर्षको कुटनीतिक इतिहास भएको बेलायत, पुरानै सम्बन्ध भएको फ्रान्स, जर्मन जस्ता युरोपियन राष्ट्रको उल्लेखनीय स्थान रहन सकेन । विश्वको आजका मितिसम्मको एकमात्र महाशक्ति पनि शक्ति क्षीण हुँदै गएको देखियो । आषाढ १० गतेको दातृ सम्मेलनमा । आखिर मर्दा पर्दा, चुल्होको खरानीको लागि समेत आवश्यक पर्ने छिमेकी नै रहेछन् । नेपालका असल मित्र जसको परिक्षण संकटको बेलामा हुन्छ । नेपालमाथि रहेको चार अरब डलरको ऋण बराबर नै पुर्ननिर्माणमा आर्थिक सहायता स्वरुप ४ खर्ब रुपैयाँको जोहोले विश्वमा आएको शक्ति सन्तुलनमा भारत र चीन उदाउँदो ताकतको रुपमा देखा पर्न गएका छन् । एक्काइसौं शताब्दी एशियाली नेतृत्वको शताब्दी हुने संकेत दिएको छ नेपालको महाभूकम्पको विपदा व्यवस्थापन र पुर्ननिर्माणको महायज्ञले ।
नेपालसँग दौत्य सम्बन्धको इतिहास सहयोग रकम
बेलायत सन् १८१५ भारत १ खर्ब
अमेरिका सन् १९४६ चीन ७६ अर्ब
भारत सन् १९४७ जापान २६ अर्ब
फ्रान्स सन् १९४९ जम्मा ः ४ खर्ब ४० अर्ब
चीन जापान सन् १९५४
अन्त्यमा
सहयोग त आउने भो, तर सरकार बलियो, दृढ इच्छाशक्तिको भएन भने फेरि यसै सहयोगले नेपाललाई बिगार्छ । झन् ठूलो विपत्तितर्फ धकेल्छ । हाइटीमा नेपालभन्दा धेरै बढी सहयोग आएको हो तर यसैकारण थप दुर्गतिमा प¥यो । प्रधानमन्त्रीको अध्यक्षतामा पुर्ननिर्माण प्राधिकरण बन्नु निकै राम्रो कुरा हो । विकासे पीएचडी को धक्कु दिँदै डा. बाबुरामले ताकेका थिए, त्यहाँ बसेर विवेकशील विध्वंश गर्ने र आफ्नो क्षीण हँुदै गरेको राजनीतिक स्वार्थ पूरा गर्ने र आफ्नै राजनीतिक पुर्ननिर्माण गर्ने उनको निहित स्वार्थ थियो । जुन नेपाल र नेपालीका लागि अकल्पनीय दुख हुने थियो । प्रधानमन्त्री सुशील कोइरालाले बुद्धि पु¥याएर त्यो बाटोमा धकेलिनबाट देशलाई जोगाए सबै नेपालीले उनलाई धन्यवाद दिनुपर्छ । अब यो सहयोगको सदुपयोग होस् यो काम राहत सामग्री वितरणको धन्दा जस्तो नहोस् भन्नेमा होस पु¥याउनुपर्छ । नत्र यही सहयोगले नेपाल र नेपालीमा रहे भएको आत्मविश्वास र विश्वास पनि समाप्त पार्छ र मुलुक पुरै असफल राष्ट्रको अवस्थामा भासिन पुग्छ । सावधानी पु¥याउनुपर्ने पक्ष यही हो ।
धनप्रसाद पण्डित
सह–प्राध्यापक
राजनीतिशास्त्र